‘देश बनाउने हाम्ले हो, हाम्लाई जिताउनुस्’

‘देश बनाउने हाम्ले हो, हाम्लाई जिताउनुस्’

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले देशको विकास गर्नेलाई विजयी गराउने बताउनुभएको छ । उहाँले मंसिर ४ गतेको चुनावले देशको भाग्य एवम् भविष्यको निर्माण गर्ने भएकाले नेपाली जनताले एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेश अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै ओलीले मुलुकमा स्थिरता, विकास, समृद्धिको तथा राष्ट्रियताको रक्षा गर्ने आफ्नो पार्टीलाई मत दिन लागि आग्रह गर्नुभएको छ । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै उद्देश्य नभएको आरोप समेत लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘एमाले सरकारमा भएको बेलामा मुलुकको शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा मुलुकको सीमा रक्षाका लागि धेरै कार्य गरिएको छ । त्यसैले देश बनाउने हामीले भएकाले हामीलाई जिताउनुको विकल्प छैन ।’

टिप्पणीहरू