मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पर्सामा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । गएराति पटेर्वासुगौली गाउँपालिका–१ मा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले पैदलयात्री ४५ वर्षीया फूलमती देवी खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा गएराति मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मोटरसाइकल चालक ३५ वर्षीय मनोजकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू