रक्त चन्दन तस्करहरू फेरि सलबलाए

रक्त चन्दन तस्करहरू फेरि सलबलाए

पछिल्लो समय ठप्प भएको रक्त चन्दनको तस्करी पुनः हुन थालेको छ । रक्त चन्दनको अवैध व्यापारमा संलग्न भएको आरोपमा राजधानीमा एक जना समातिएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, सर्वेश्वर टोलबाट रक्त चन्दनसहित उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका ११, फूलबारीडाँडा घर भएका ४० वर्षीय रोगन तामाङ हुन् ।

उनले यसबीचमा पनि रक्त चन्दनको व्यापार गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बौद्धबाट खटिएको प्रहरी टोलीले उनको डेराबाट रक्त चन्दनको १३ किलो धुलो र टुक्रा बरामद गरेको हो ।

पक्राउ परेका तामाङलाई थप कारवाहीको निम्ति वन कार्यालय, हात्तीसार पठाइएको छ । डेढ दशकअघि निकै मौलाएको रक्त चन्दन तस्करी झण्डै एक दशकदेखि सेलाएको छ । तर अहिले फेरि नयाँ स्वरुपमा त्यसको तस्करी हुन थालेको प्रहरीको अनुमान छ ।

टिप्पणीहरू