नक्कली नोट कारोबारमा भारतीयको सक्रियता

नक्कली नोट कारोबारमा भारतीयको सक्रियता

सिरहामा नक्कली नोटको कारोबार गर्ने किशोर पक्राउ परेका छन् । भारत घर भएका १९ वर्षीय राजु सहनी नक्कली नोटसहित समातिएका हुन् । उनलाई बरियारपट्टी गाउँपालिका–१, बडहरीबाट ५ सय दरको चार थान नक्कली नेपाली रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनी बडहरीस्थित दश गजामा लागेको इन्द्र पूजा मेला हेर्न आएका थिए । सोही क्रममा कचनारीबाट खटिएको प्रहरी टोलीले उनले प्रयोग गरेको बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साथबाट उक्त नक्कली नोट फेला पारेको हो ।

राजुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू