रामेश्वरको मन जब त्यहाँ रमाएन

रामेश्वरको मन जब त्यहाँ रमाएन

रामेश्वरको मन जब त्यहाँ रमाएन सत्ताको साथलाई लाभमा साट्न प्रयोग गरिएको मिडिया व्यवसाय अन्ततः संकटमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालमा नेपाल टेलिभिजनबाट ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ चलाएर अत्यधिक विवादमा आएपछि त्यहाँबाट निकालिएका मनोज पाण्डेहरुले चलाएको अनलाइन न्युजपोर्टल त्यो अवस्थामा पुगेको हो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको भाञ्जा नाता लगाउने पाण्डेले छोटो समयमा अत्यधिक लाभ उठाउँदै आएको देखापढी अनलाइनबाट सम्पादकीय नेतृत्व अलग्गिएको छ ।

ओम्नी समूहको घोटाला प्रकरणको खुलासा र समाचारका केही सन्दर्भमा सम्झौता गर्न बाध्य पारिएपछि सम्पादक रामेश्वर बोहरासहितले आजैदेखि उक्त अनलाइन छाडेका हुन् ।

पूर्व सूचनाबिना नै महिनाको डेढलाख तलब माया मारेर रामेश्वर त्यहाँबाट अलग भएको बताइन्छ ।

लामो समय हिमाल खबरपत्रिकामा आवद्ध रामेश्वरसँगै देखापढी गएका तुफान न्यौपानेलगायत नागरिकसम्बध्द अरु सहकर्मी पनि अलग्गिने क्रममा छन् ।

टिप्पणीहरू