विनोद चौधरीबारे पाल्पाको चिठी

विनोद चौधरीबारे पाल्पाको चिठी

तपाईंहरुले धनाढ्य राजनीतिज्ञ विनोद चौधरीका बारेमा लेख्नुभएका गतांकका केही समाचार पढियो । त्यसैमा थप विवरण पठाएका छौं । यो धरातलीय यथार्थ हो । सम्बन्धित ठाउँको भोगाइ र पीडा जस्ताको तस्तै राखिदिँदा व्यक्तिका देखाउने र चपाउने दाँतको भिन्नता बुझ्न सजिलो हुनेछ ।

सिजी सिमेन्टका सञ्चालक चौधरीले सर्देवा पाल्पास्थित जग्गा पांच /सात वर्षअगाडि (कुमाल गाउँ) मा सोझासीधा जनतासँग प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँको दरले खरिद गरेकोमा हालसम्म पनि अरु जमिन चाहियो भन्दै पहिलाकै मूल्यमा माग्ने, नदिएमा पेलेर भए पनि लिन्छु भन्ने गरेका छन् । सिजी सिमेन्टले सार्वजनिक कुलोमा विभिन्न किसिमको रसायन मिलाइएका फोहोर फाली उक्त पानी खाँदा गाईवस्तु मर्ने, धान मकै नहुने तथा मानवसमेतलाई वातावरणमा असर गर्ने गरेको छ ।

गत साल परेको भारी वर्षाका कारण फ्याक्ट्रीबाट ८-१० वटा फलामको रोल बगाउँदा करोडौंको क्षति देखाई इन्स्योरेन्समा पेश गरेर धेरै रकम निकाशा गराइएको छ । तत्काल गाउँलेहरुले विरोध गर्दा स्थानीयलाई रोजगार दिन्छौं भनी फकाउने तर कर्मचारी राख्ने बेलामा अन्यत्रबाट ल्याउने गरेको अवस्था छ । समय समयमा जनताले विरोध गर्दा फ्याक्ट्रीमा बोलाई मिटिङ बसाल्ने, पछि मान्छे भर्ना गर्ने बेलामा अघिल्लो मिटिङमा रहेका इन्चार्जलाई अन्त सरुवा गरेर नोकरीबाट हटाउने काममा यिनी कुख्यात छन् ।

सर्देवा पाल्पाबाट तानसेन बजार आउने बेला हिउँदताका धुलोले आवतजावत गर्न कठिनाइ हुने गरेको छ । विनोद चौधरी आउँदासमेत ५–१० मिनेट बसी स्थानीयसँग नभेटी फर्कने गरेका छन् ।  केही कुरा थाहा पाउँछ, स्थानीय जनतासँग नजिक हुन्छ भनेर दुम्कीबासस्थित सिजिआइडीका जिआर, पिआर, सेक्युरिटी म्यानेजरलाई दुई-तीन महिनामै फेर्ने गरेका छन् ।

– स्थानीय अर्यालहरु

टिप्पणीहरू