‘ज्यानमारा’ प्रतिवादी १६ वर्षपछि जेल चलान

‘ज्यानमारा’ प्रतिवादी १६ वर्षपछि जेल चलान

ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई नेपाल प्रहरीले १६ वर्षपछि जेलमा हालेको छ । उनलाई हिजो जेल चलान गरिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वि.सं. २०६३ साउन २ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई हिजो डिल्लीबजार कारागार चलान गरिएको हो ।

साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा सो दिन राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

मगरलाई गत साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

टिप्पणीहरू