हिजो पनि ३२ सयबढी चालक कारबाहीमा

हिजो पनि ३२ सयबढी चालक कारबाहीमा

हिजो एकै दिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार २३४ जना चालक कारबाहीमा परेका छन् । उनीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कारबाहीमा परेका हुन् ।

फुटपाथमा पार्किङ गरेका २५५, मदिरा सेवन गरेर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गरेका १४७, जथाभावी यात्रु चढाउने र ओराल्ने १३० तथा तीब्र्र गतिमा सवारी साधन चलाउने १०१ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, ढोका खुल्ला राखेर सवारी चलाउने ९९, अवस्था ठीक नभएका सवारी साधन चलाउने ८५, लेन नियम उल्लंघन गर्ने ७९, रातो बत्तीको उल्लंघन गर्ने ५९, क्षमताभन्दा बढी यात्रु राख्ने ३४ तथा अन्य नियम उल्लघंन गर्ने चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू