सत्तामा बस्नेहरुले आज मिलाउन सक्लान् त भागशान्ति?

सत्तामा बस्नेहरुले आज मिलाउन सक्लान् त भागशान्ति?

चुनावी भागबण्डा मिलाउन पटक पटक बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आजलाई पनि शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरु जुटेका छन् ।

बैठकले आगामी संघ र प्रदेश सभा सदस्य निर्वाचनको निम्ति सीट बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइएको छ । यसअघि कार्यदल तथा शीर्ष नेताहरूको पटक पटक बसेको बैठकले अन्तिम निश्कर्ष निकाल्न सकेको थिएन ।

गठबन्धनमा धेरै कुरामा सहमति भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन । आजको बैठकले थाती रहेका विषयलाई औपचारिक सहमतिको रूप दिने र नयाँ कार्यविधि तयार गर्ने बताइएको छ ।

टिप्पणीहरू