जीब्रो काटेर मन्दिरमा बलि

जीब्रो काटेर मन्दिरमा बलि

भारतमा एक जना भक्तजनले आफ्नै जीब्रो काटेर मन्दिरमा बलि चढाएका छन् । स्थानीय एक हिन्दू मन्दिरमा बलि चढाउने भन्दै आफ्नै जीब्रो काटेका ती भारतीय किसानको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको एक मन्दिरमा ४० वर्षे किसानले खल्तिबाट छुरा निकालेर जीब्रो काटी देवीलाई चढाएका थिए । भक्तजनले जीब्रो काटेपछि दर्शनार्थीहरु भागाभाग भए ।

अनुसन्धान अधिकारी अभिलाषा तिवारीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन्, ‘ती व्यक्ति र उनकी श्रीमतीले चक्कु निकाले,जीब्रो काटे र मन्दिरको ढोकामा राख्नुअघि पूजा अर्चना गरे ।’

किसानकी श्रीमतीले आफ्ना पतिले देवीलाई रिझाउन जीब्रो ‘बलि’ दिएको बताइन् । तर यसको कारणबारे थप बताएकी छैनन् ।

गत वर्ष भारतका दुई वटा राज्यमा २० वर्ष नाघेका दुई पुरुषले जीब्रो काटेर देवतालाई चढाएका थिए । सन् २०२० मा एक हिन्दू पुजारीले भने स्थानीय किसानको टाउको काटेर बलि चढाएका थिए ।

टिप्पणीहरू