युवाले सडकमा पनि आफ्नो आवाज राख्न नपाउने ?

युवाले सडकमा पनि आफ्नो आवाज राख्न नपाउने ?

हो, आज हामी युवा स्वस्फूर्त भेला भएर सरकारलाई विनम्रपूर्वक आफ्ना कुरा राख्दै सचेतना पनि गराएका हौँ । हामी कुनै समूह र पार्टीका कार्यकर्ता होइनौं, हामी देशका युवा सपुत हौँ । देशप्रेम हामीमा पनि छ ।

सरकारको कामको फल हामीले पनि महसुस गर्न पाउनुपर्छ । छोटो समयका लागि, हाम्रो दबाबपूर्ण आवाज सरकारले सुनोस् र अबका दिनमा गल्ती नदोहो¥याओस् भन्ने हाम्रो चाहना हो । हामी सामाजिक दूरी कायम राखेर, मास्क लगाएर, आफ्नो झोलामा स्यानिटाइजर बोकेर भद्र रूपमा जम्मा भएर आफ्ना कुरा राख्दा आखिर प्रहरीमार्फत सरकारले हामीलाई बल प्रयोग गरेरै छाड्यो ।

धेरै सञ्चारमाध्यमले खिचेका भिडियो र तस्बिरले बोल्छन् सरकारभन्दा हामी युवा कति सु–संस्कृत, सभ्य र संयम भएर आन्दोलनमा थियौं । हामी ढुंगामुढा गरेर, अपशब्द बोलेर अभद्र तरिकाले उपस्थित भएका थिएनौं । सरकारले थोरै समय पनि हाम्रा कुरा सहन गर्न सकेन है ? सरकार प्रतिनिधिसभाको कक्षमा मात्र सीमित हो ? सरकारले के बोल्यो ? कस्तो बजेट ल्यायो ? केमा कति खर्च बतायो ? कोरोना परीक्षण र ७८ दिनको लामो लकडाउनमा के रणनीति तयार ग¥यो ? आगामी दिनमा के गर्दै छ ? युवा जान्न चाहन्नन् ? युवाले बुझेका छैनन्, सरकारको कमजोरी, भ्रष्टाचार अनि एकोहोरो अनियमितता ? जे कुरा सरकारले बोल्यो, ग¥यो, देखायो र युवालाई ठीक लागेन अनि युवा सडकमा आएका हौँ । हाम्रा कुरा धैर्यपूर्वक सुनेर सम्बोधन गर्नुको सट्टा बल प्रयोग गरेर प्रहरीमार्फत हामीलाई तितरबितर पा¥यो । कति साथीलाई समातेर लग्यो तर हामी सबैको आवाज थियो –

कोरोना परीक्षणका क्रममा आरडीटी परीक्षण मात्र गरेको छ, पीसीआर परीक्षण राम्रोसँग सबैतिर भएको छैन त्यसलाई बढाऊ । संक्रमितको संख्या थाहा पाउन आरडीटीले होइन पीसीआर परीक्षण गर्नुपर्छ जसलाई डब्लुएचओले समेत प्रमाणित गरिसकेको छ ।

क्वारेन्टाइन र भेन्टिलेटरको उचित व्यवस्था अझै छैन, त्यसलाई बढाऊ क्ष् क्वारेन्टाइनमा बस्नेको हालत सबैले देखेका छौं तर १० खर्ब खर्च केमा भयो ?

खर्चको पारदर्शिता देखाऊ ।

लकडाउन खोल्नु समाधानको उपाय होइन तर ७८ दिनसम्म जनतालाई घरभित्र राखेर सरकारले के रणनीति अपनायो ? मोडालिटी के बनायो ? युवालाई बुझाऊ ।

दैनिक मजदुरी र ज्यालादारी गरेर खानेलाई व्यवस्थापनसाथ लकडाउन खुला गर ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सेवामा खट्ने व्यक्तिलाई पहिले पिपीई उपलब्ध गराऊ ।

आप्रवासी नेपालीको उद्धार गर ।

सरकार तिम्रो बजेटको मूल्यांकन गर ।

तिम्रो परिपाटीदेखि हामी उदासीन छौं आफ्नो अक्षमता स्वीकार गर ।

हाम्रा कुरा सुन, सम्बोधन गर, के नराम्रा कुरा राख्यौं हामीले ? सक्दैनौ त राजीनामा गर ।

टिप्पणीहरू