शीर्ष नेताको बैठक अनिर्णित, प्रधानमन्त्री र प्रचण्ड एकान्त वार्तामा

शीर्ष नेताको बैठक अनिर्णित, प्रधानमन्त्री र प्रचण्ड एकान्त वार्तामा

आज बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ । कार्यदल बैठकले अपुरो प्रतिवेदन दिएपछि अन्तिम निर्णय गर्न डाकिएको उक्त बैठकले पनि कुनै निर्णय गर्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकान्त वार्तालापसमेत भएको थियो । दिउँसो १ बजे भएको भेटवार्तामा दुई जना नेता मात्र सहभागी भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू