राहुल गान्धीमाथि सर्वसाधारणलाई मूर्ख बनाएको आरोप

राहुल गान्धीमाथि सर्वसाधारणलाई मूर्ख बनाएको आरोप

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले ‘भारत जोडो’ नाम दिइएको पदयात्रा शुरु गरेका छन् । शिक्षामार्फत् स्वतन्त्रता,संगठनमार्फत बल र उद्योगमार्फत समृद्धि भन्दै शुरु पदयात्रा भारतको विभिन्न स्थानमा पुगेर टुंगिने बताइएको छ ।

उनले हरेक क्षेत्र पुगेर त्यहाँका जनतासँगै कदम मिलाई चल्ने प्रतिबद्धता पनि जनाएका छन् । तर, केही भारतीयले गान्धीले आफूहरुलाई झुक्याएको भन्दै विरोध गरेका छन् । ८० वटा वातानुकूलित (एयर कण्डिशन) गाडी लिएर निस्किएको टोलीले पदयात्राको नाममा भ्रम फैलाएको उनीहरुको आरोप छ ।

पाँच तारे होटलसरहको सेवासुविधा भएको सवारी साधनमा नेताहरुको मोजमस्ती चलेको फोटो र विवरण सामाजिक सञ्जालमा पोष्ट भएका छन् । कतिपय भाइरलसमेत बनेका छन् । त्यस्ता सवारी साधनभित्रै सेकुवा (बारबिक्यु), टिभी, इन्टरनेटलगायतका सम्पूर्ण सेवासुविधा उपलब्ध छ ।

यता,केही भारतीयले भने यसलाई नौटंकीको संज्ञा दिएका छन् । उनीहरुले भनेका छन्, ‘साँच्चै नै भारतको पदयात्रा सन् १९८३ मा भएको थियो । उक्त यात्रा चन्द्रशेखरले गरेका थिए । त्यो समयमा दक्षिणको कन्याकुमारीदेखि राजधानी दिल्लीसम्मको चार हजार पाँच सय किलोमिटर पैदलयात्रा गरिएको थियो । उनीहरु थकाइ लागे कहिले रुखमुनि,कहिले कुनै गाउँमा पुगेर आराम गर्थे ।’

टिप्पणीहरू