आज गौशाला पुग्यो काठमाडौं महागनरको टोली

आज गौशाला पुग्यो काठमाडौं महागनरको टोली

काठमाडौँ महानगरपालिकाले अवैध रूपमा खडा गरिएका अनधिकृत संरचना हटाउने अभियान जारी राखेको छ । महानगरले आज कोटेश्वर, तीनकुने, सिनामंगल र गौशाला क्षेत्रका अवैध संरचना हटाएको छ ।

महानगरले एक हप्ताअघि कोटेश्वरको सुन्दर बजार क्षेत्रमा डोजर चलाएको थियो । प पूर्वसूचनालाई नटेरेपछि उक्त संरचना भत्काइएको महानगरको भनाइ छ । फुटपाथ ढाकेर बनाइएका भर्याङ र सिँढीहरू हटाउन व्यापारीहरूले अटेर गरेको भन्दै महानगरले डोजर चलाएको थियो ।

महानगरको टोली आज गौशाला–सिनामंगल क्षेत्रका त्यस्तै अवैध संरचना हटाउन पुगेको हो । यसअघि पशुपति क्षेत्रका केही संरचना महानगर आफैंले हटाए पनि बाँकी संरचना हटाउन व्यापारीहरूलाई निर्देशन दिएको थियो ।

भदौ ६ गतेदेखि नयाँ बानेश्वर क्षेत्रबाट शुरु महानगरको यो अभियान निरन्तर चल्ने बताइएको छ ।

टिप्पणीहरू