विद्यालय गएकी बालिका अकस्मात बेपत्ता

विद्यालय गएकी बालिका अकस्मात बेपत्ता

राजधानीमा विद्यालय गएकी बालिका तीन दिनदेखि बेपत्ता छिन् । काठमाडौंको तारेकश्वर नगरपालिका–५, पईटार बस्ने बालिका तीन दिनदेखि बेपत्ता भएकी हुन् । शुक्रबार बिहान विद्यालय गएकी बालिकाको आजसम्म कुनै पत्तो लागेको छैन ।

सनफ्लावर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत शर्मिला सुनुवार सँधैझैं अस्ति पनि विद्यालय जान घरबाट निस्किएकी बताइन्छ । तर, बेलुकी घर नफर्किएपछि उनको परिवारसहित छरछिमेकले खोजतलास गरेका हुन् । रातभर साथीहरुलाई सम्पर्क गर्दासमेत छोरी नभेटिएपछि उनका बुवाले हिजो प्रहरी वृत्त, बालाजुमा निवेदन दिएका छन् ।

यता, शर्मिलाका साथीहरुले भने उनी विद्यालय छुट्टी भएपछि एक जना युवकको मोटरसाइकल चढेर गएको बताएका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको बताइएको छ । बालिकाले बोक्ने गरेको मोबाइलको स्वीच अफ गरिएको छ ।

हराएकी बालिका देख्ने वा फेला पार्ने महानुभावलाई नजिकैको प्रहरी चौकी अथवा घरमा फोन गरिदिन परिवारले आग्रह गरेका छन् । सम्पर्कको निम्ति परिवारले ९८४०११७७७७,  ९८०३९८०८६३ नम्बर दिएका छन् ।

टिप्पणीहरू