मञ्जुश्री पेट्रोलपम्पमा ललितपुर महानगरपालिकाको ताला

मञ्जुश्री पेट्रोलपम्पमा ललितपुर महानगरपालिकाको ताला

ललितपुर महानगरपालिका वडा नम्बर १२ लगनखेलस्थित बसपार्क क्षेत्रमा सञ्चालित मञ्जुश्री पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ ।

मापदण्डविपरीत बनाइएको उक्त संरचना हटाउनका लागि महानगरपालिकाले पटकपटक पत्राचार गरी निर्देशन दिएपनि पेट्रोलपम्प सञ्चालकले अटेर गरेपछि आज सिल गरिएको हो ।

आफ्नो स्वामित्वमा रहेको जग्गामा सञ्चालित पेट्रोलपम्पलाई यसअघि बारम्बार ताकेता गर्दा पनि नटेरेपछि कारबाही गरेको महानगरपालिकाले जनाएको छ । उक्त पेट्रोलपम्पले सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्ने देखिएकाले आजबाट कुनै कारोबार नहुनेगरी सिल गरिएको बताइएको छ ।

तालाबन्दी गर्ने क्रममा वडाध्यक्ष नारागणलाल अवाले,लगनखेल समाजका उपाध्यक्ष पूर्णभक्त चित्रकार,नगरप्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेल, वडा प्रहरी कार्यालय,लगनखेलका वरिष्ठ नायव निरीक्षक लोकेन्द्र पौडेल र स्थानीय प्रविण बस्नेतलगायतले उपस्थिति जनाएका थिए ।

टिप्पणीहरू