सन्दीप लामिछाने कालोसूचीमा

सन्दीप लामिछाने कालोसूचीमा

उमेर नपुगेकी १७ वर्षीया किशोरी बलात्कार गरेको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बनमा परेका सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । सन्दीपलाई नेपाल झर्ने बितिक्कै काठमाडौं जिल्ला अदालले पक्राउ गर्न अनुमति दिएको पत्र प्राप्त भएपछि कालोसूचीमा राखिएको विभागले जनाएको छ ।

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सीपिएल) क्रिकेट खेल्न वेस्ट इण्डिजमा छन् । उनीमाथि गत मगंलबार १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् ।

बलात्कार आरोप लागेपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाईं लड्न तयार रहेको बताएका छन् । खेल छाडेर छिट्टै नेपाल आउने पनि बताएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले उनलाई अस्ति कप्तान पदबाट निलम्बन गरेको छ ।

टिप्पणीहरू