आज १०४ जना संक्रमित थपिए, दुई जना बिते

आज १०४ जना संक्रमित थपिए, दुई जना बिते

पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३५ सय ८७ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ९२ जनाको पीसीआर परीक्षणमा ८९ र १९ सय ९५ जनाको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टी भएको हो ।

यो अवधिमा २०१ जना कोरोना संक्रमित निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित दुई हजार ३१६ जना छन् ।

टिप्पणीहरू