उताका सचिव किन मान्दैनन् ?

उताका सचिव किन मान्दैनन् ?

दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले त नेपाल र भारतबीचको सम्बन्धलाई सहज बनाउन राम्रै पहल भएको भनिरहनुभएको छ ।
तर, त्यहाँको विदेश मन्त्रालयले यो कुराप्रति त्यति लगाव दिएको देखिन्न ।

विजय गोखले जनवरी २८ मा रिटायर्ड भएपछि त्यहाँ भर्खरै हर्षबर्धन श्रृंगलाले ३३ औं विदेश सचिवको रूपमा पदबहाली गरेका छन् ।

नेपाली टोलीले सचिव श्रृंगलासँग भेट्न पटक–पटक समय मागिसक्यो । तर,पाएको छैन ।

नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङ मामाघर भएका र भर्खरै अमेरिकामा राजदूतको कार्यकाल सकेर फर्केका श्रृंगला नेपाल मामिलामा सकारात्मक होलान् भन्ने अपेक्षा थियो । तर,उनी पनि कर्मचारी न परे, राजनीतिक नेतृत्वको ईशाराबिना किन डेग चल्थे र ?

उता,चीनसँगको सीमा विवाद पनि भारतले अहिलेसम्म सुल्झाएको छैन ।

भारतमा जस्तै चिनियाँ बिदेश मन्त्रालयको प्रवक्ता पनि फेरिए । पुराना प्रवक्ता युरोप,अमेरिकातिर राजदूत नियुक्त भएको अनुमान छ ।

त्यहाँ हालसालै नयाँ प्रवक्ताको रुपमा एकजना महिला बहाली भएकी छन् । विदेश मन्त्रालयकी प्रवक्ता हु चुनयिङले दुई देशका मिलिट्री कमाण्डरबीचको कुराकानी जारी राखिने बताएकी छन् ।

भारतसँग चीनले कूटनीतिक सम्बन्ध स्थापना गरेको ७० वर्ष भयो ।

त्यसैले यस अवसरमा दुई देशबीचको संवाद जारी राख्नेसम्मका कुराकानी भएको छ ।

नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङ मामाघर भएका भर्खरै अमेरिकामा राजदूतको कार्यकाल सकेर फर्केका श्रृंगला नेपाल मामिलामा सकारात्मक होलान् भन्ने अपेक्षा थियो । तर, उनी पनि कर्मचारी न परे, राजनीतिक नेतृत्वको ईशाराबिना किन डेग चल्थे र ?

टिप्पणीहरू