बाच्छीको मासु बोकेका मिया पक्राउ

बाच्छीको मासु बोकेका मिया पक्राउ

सप्तरीमा गाईको बाच्छी काटेर मासु बोक्दै हिँडेका एक जना समातिएका छन् । महादेवा गाउँपालिका–४, बलिया घर भएका ३५ वर्षीय ईलियास मिया गाईको मासुसहित पक्राउ परेका हुन् ।

उनले अस्ति आफ्नै घरको आँगनमा आठ महिनाको गाईको बाच्छी काटेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ईलियासका बुवा सकुर मियाँको घरबाट छ किलो मासु र चार वटा खुट्टा बरामद गरेको छ ।

बरामद मासु र बाच्छीको खुट्टासहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू