हिजो त्यत्तिकै उठेका शीर्ष नेताहरु अहिले बालुवाटारमा

हिजो त्यत्तिकै उठेका शीर्ष नेताहरु अहिले बालुवाटारमा

आज बिहान ८ बजे बोलाइएको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक ११ बजे बोलाइएको छ । निकै पेचिलो बन्दै गएको सीट बाँडफाँटको विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको र नेताहरु आउने क्रम जारी रहेको बताइन्छ ।

यसअघि हिजो साँझ पनि बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर कुनै ठोस निर्णय नभएको बताइएको छ । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवको अनुपस्थितिका कारण बैठक अगाडि नबढेको हो ।

यादव आफ्नो पार्टीले सम्मानजनक भाग नपाउने देखिएपछि सशंकित बन्नु भएको बताइन्छ । उहाँले गठबन्धनमा सीट बाँडफाँडको भागबन्डा चित्तबुझ्दो नभए गठबन्धनबाटै बाहिरिने बताउँदै आउनुभएको छ ।

टिप्पणीहरू