वाशिङटन नजिकै गोली प्रहार, घरभित्र पाँच जनाको शव

वाशिङटन नजिकै गोली प्रहार, घरभित्र पाँच जनाको शव

संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन नजिकैको मेरिल्याण्ड राज्यमा भएको गोली प्रहारको घटनामा पाँच जनाको ज्यान गएको छ । स्थानीय सेसिल काउन्टीको एक घरमा स्थानीय समयानुसार हिजो पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

दुई वयस्क र तीन बालबालिका मारिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । काउन्टी कार्यालयका अनुसार एक पुरुषले हिजो बिहान ९११ मा फोन गरेर प्रहरीलाई तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए ।

त्यसपछि उक्त निवासमा पुगेका सुरक्षाकर्मीहरुले मृतक पाँच जनाको शव घरभित्र विभिन्न स्थानमा फेला पारेको बताइन्छ । अमेरिकामा गोली प्रहारबाट वर्षेनी हजारौंको ज्यान जाने गरेको छ ।

टिप्पणीहरू