आज १३३ संक्रमित घर फर्के, दुई जना रहेनन्

आज १३३ संक्रमित घर फर्के, दुई जना रहेनन्

पछिल्लो २४ घण्टामा देशभर १५२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३२ सय ९४ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ सय ८६ जनाको पीसीआर परीक्षणमा ११० र २१ सय आठ जनाको एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टी भएको हो ।

यो अवधिमा १३३ जना कोरोना संक्रमित निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित दुई हजार ४४८ जना छन् ।

टिप्पणीहरू