माओवादीलाई वामपन्थीतर्फ पहिलो र देशकै निर्णायक शक्ति बनाउने गरी भागबण्डा हुन्छ : प्रचण्ड

माओवादीलाई वामपन्थीतर्फ पहिलो र देशकै निर्णायक शक्ति बनाउने गरी भागबण्डा हुन्छ : प्रचण्ड

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेल हुँदा आफ्नो पार्टी पहिलो वामपन्थी पार्टी हुनेगरी पाँच दलीय गठबन्धनमा सीट भागबण्डा हुने खुलासा गर्नुभएको छ ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि आज पोखरा पुग्नुभएका उहाँले गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी र निर्णायक शक्ति बनाउने गरी तालमेल गर्न आफू प्रयासरत रहेको बताउनुभएको हो ।

‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस् । र देशकै निर्णायक राजनीतिक शक्ति बनोस् । हामी यही ढंगले तालमेल गर्न खोज्दै छौँ,’ प्रचण्डले भन्नुभयो ।

स्थानीय निर्वाचनमै त्यो सम्भावना रहेकामा पार्टीभित्रको समस्याका कारण सफल हुन् नसकेको उहाँले सुनाउनुभयो । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीलाई पहिलो वामपन्थी पार्टी बनाइछाड्ने प्रचण्डको भनाई छ ।

टिप्पणीहरू