सगरमाथामा अनुमतिबेगर झण्डा फहराउने र गीत गाउनेको प्रमाणपत्र रद्द

सगरमाथामा अनुमतिबेगर झण्डा फहराउने र गीत गाउनेको प्रमाणपत्र रद्द

सगरमाथाको शिखरमा पुगेर नीलो र पहेँलो रङको युक्रेनी झण्डा फहराएका आरोहीको सगरमाथा सफल आरोहणको प्रमाणपत्र रद्द गरिएको छ । त्यस्तो हर्कत गर्ने रुसी नागरिक कात्या लिपकाको प्रमाणपत्र अस्वीकार गरिएको छ ।

उनलाई नेपाल सरकराले केही वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने सम्भावना रहेको बताइएको छ । सगरमाथा शिखरमा युक्रेनी झण्डा फहराएको तस्बिर लिपकाले इन्स्टाग्राममार्फत सार्वजनिक गरेपछि एकाएक चर्चाको विषय बनेको हो ।

उनले आफ्नो पोष्टमार्फत रुसी राष्ट्रपति भ्लादिमार पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न आग्रह गरेकी छन् । उनको तस्बिर कुटनैतिक हिसाबले पनि चिन्ताको विषय बनेको बताइन्छ ।

नेपाल पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले उक्त हर्कत नेपालका लागि अत्यन्तै संवेदनशील मुद्दा भएको बताए । उनले भने, ‘यो अत्यन्तै संवेदनशील भूराजनीतिक मुद्दा हो जसलाई हामीले हलुका रुपमा लिन सक्दैनौं ।’तर, युद्धको घेरामा परेको मुुलुकसँग ऐक्यबद्धता जनाउने लिपका पहिलो आरोही भने होइनन् । मेक्सिकोका १९ वर्षीय जुआन डिएगो मार्टिनेज अल्भारेज पनि पृथ्वीको उच्च बिन्दुमा पुगेर एउटा सानो गीत रेकर्ड गराउन चाहन्थे ।

उनले पनि यसका लागि सर्वोच्च शिखर सगरमाथा रोजे जुन आठ हजार ८४९ मिटर अग्लो छ । सगरमाथा आरोहणको क्रममा उनले किबोर्ड बोक्नका निम्ति अतिरिक्त शेर्पासमेत आफूसँगै लगेका थिए । गत मे १५ मा अल्भारेजले सगरमाथाको चुचुरोमा पुगेर किबोर्ड बजाउँदै गीत गाएका हुन् ।तर, दुर्भाग्यवशः उनका लागि उक्त हर्कत् विश्व रेकर्ड बन्न सकेन । नेपाली अधिकारीहरुले उनको आरोहण प्रमाणपत्र पनि रद्द गरिदिएका छन् । यसका लागि अल्भारेजले अग्रिम अनुमति नमागेको पर्यटन मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

टिप्पणीहरू