राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौरस्थित बेलायती दूतावास पुग्नुभएको छ । उहाँ केहीबेर अघि त्यहाँ पुग्नुभएको बताइएको छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाको देहावसानले आफूलाई दुःखी तुल्याएको भएको भन्दै उहाँले बेलायती दूतावासमा पुगेर समवेदना प्रकट गर्नु भएको दूतावास स्रोतले बताएको छ ।

महारानीको हिजो साँझ ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँ बेलायतको राजगद्दीमा सात दशकबढी समय बस्नुभयो ।

टिप्पणीहरू