टाटा सुमोको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु

टाटा सुमोको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु

बारामा टाटा सुमोले ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा जितपुर–१६ पिलुवा घर भइ हुलासजस्ता उद्योगका सुरक्षा गार्ड ४० वर्षीय दिपक मैनालीको निधन भएको हो ।

काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले उनलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुमो चालक पक्राउ परेका छन् ।

टिप्पणीहरू