भागबण्डाको अन्तिम गाँठो फुकाउन दिउँसो ३ बजे फेरि बालुवाटार बैठक
सत्तारुढ पाँच दलको कार्यदल बैठक आज दिउँसो फेरि डाकिएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
आगामी निर्वाचनको निम्ति सत्तारुढ दलहरुबीच सीट बाँडफाँडको विषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा हिजोसम्म दलहरु ९० सीटको टुंगोमा पुग्ने गरी केही लचिलो देखिए पनि सबैतिरको कुरो मिलिसकेको अवस्था छैन ।
कार्यदलमा भएको छलफलपछि शीर्ष नेताहरुबीच छुट्टाछुट्टै, द्विपक्षीय तथा बहुपक्षीय रुपमा कुराकानी हुने गरेको छ ।
टिप्पणीहरू