बेलायती महारानीको विवाहमा महात्मा गान्धीद्वारा कुसुमे रुमाल उपहार

बेलायती महारानीको विवाहमा महात्मा गान्धीद्वारा कुसुमे रुमाल उपहार

बेलायतकी महारानी एलिजाबेथ द्वितियाको गए राति निधन भएको छ । ९६ वर्षको उमेरमा दिवङ्गत महारानीप्रति विश्वका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरुले बेलायत सरकार तथा राजपरिवारसमक्ष समवेदना पठाउने क्रम जारी छ ।

स्थानीय समयानुसार हिजो साँझ महारानी बितेको खबर आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समवेदना सन्देश पठाउनुभएको छ । उहाँले सामाजिक सञ्जालबाट उक्त खबर पठाउनुभएको हो ।

मोदीले सन् २०१५ र २०१८ मा भएको दुई पटकको भेटको स्मरण गर्दै ती भेटमा एलिजाबेथले आफ्नो विवाहमा महात्मा गान्धीले दिएको कुसुमे रुमाल देखाएको दाबी गर्नुभएको छ ।

एलिजाबेथको विवाह सन् १९४७ नोभेम्बर २० मा जलसेनाका अफिसर फिलिपसङ्ग भएको थियो ।

टिप्पणीहरू