महारानीको मरण, आलोचित प्रधानमन्त्रीको शपथ ग्रहण

महारानीको मरण, आलोचित प्रधानमन्त्रीको शपथ ग्रहण

बेलायतकी महारानी एलिजाबेथ द्वितियाको हिजो साँझ निधन भएको छ । बेलायतमा तेस्रो महिला तथा ५६ औं प्रधानमन्त्रीको रुपमा राजतन्त्र अन्त्यको आवाज उठाएकी लिज ट्रसले महारानीको हात चुमेर शपथ ग्रहण गरेको ४८ घण्टामा एलिजाबेथको निधन भएको हो ।

ट्रसले मंगलबार अपरान्ह स्कटल्याण्डस्थित बालमोरल शाही निवासमा शपथ ग्रहण गरेकी थिइन् । पहिले कट्टर राजतन्त्रविरोधी लिज ३० वर्षपछि महारानीको हात चुम्दै प्रधानमन्त्री बन्ने अन्तिम प्रधानमन्त्री बनिन् । अब बन्ने बेलायती प्रधानमन्त्रीले नयाँ राजा चार्ल्ससँग शपथ ग्रहण गर्नुपर्ने छ ।

७१ वर्ष शासन गरेकी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको हो । नेपालको दुई पटक राजकीय भ्रमण गरेकी उनलाई राजा महेन्द्र र राजा वीरेन्द्रले भव्य स्वागत गरेका थिए । बेलायत,क्यानाडा, अष्ट्रेलियालगायत विश्वका १४ वटा कमनवेल्थ मुलुकको समेत महारानी रहेकी उनले सवा सय मुलुकको भ्रमण गरेकी थिइन् ।

टिप्पणीहरू