होला त रुसी र चिनियाँ राष्ट्रपतिको भेट ?

होला त रुसी र चिनियाँ राष्ट्रपतिको भेट ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच छिट्टै भेटवार्ता हुने अनुमान गरिएको छ । उहाँहरुबीच आगामी हप्ता उज्बेकिस्तानमा हुने एसियाली मुलुकका नेताहरुको सम्मेलनमा रुसी र चिनियाँ राष्ट्रपतिबीच हुनसक्ने भेटबारे पश्चिमा सञ्चारमाध्यमले अड्कल लगाएका छन् ।

भदौ ३० र ३१ गते हुने उक्त सम्मेलन कोरोना महामारीपछि भौतिक उपस्थितिमा आयोजना गर्न लागिएको हो । तर, चिनियाँ राष्ट्रपति सि सन् २०२० को प्रारम्भदेखि महामारी फैलिएयता मुलुक बाहिर जानुभएको छैन । उहाँ गत जुलाईमा हङकङ पुग्नुभएको थियो ।

रुसले अमेरिकी आर्थिक प्रतिबन्धपछि चीनसँगको आर्थिक तथा राजनीतिक सामिप्यतालाई जोड दिँदै आएको छ । सोही क्रममा पुटिनले मंगोलियाका राष्ट्रपतिसँग पनि भेट गर्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमहरुले औंल्याएका छन् । उक्त भेट रुसबाट चीनसम्म मंगोलिया हुँदै लैजान खोजिएको प्राकृतिक ग्यास पाइप लाइनको बारेमा केन्द्रित हुने बताइएको छ ।

टिप्पणीहरू