लोकसेवा आयोगले गर्यो अंकभारको व्यवस्था

लोकसेवा आयोगले गर्यो अंकभारको व्यवस्था

लोकसेवा आयोगले विभिन्न पदमा लिखित परीक्षाको अंकभार संशोधन गरेको छ । सहसचिवदेखि खरिदार वा सो सरहसम्म पदको लिखित परीक्षाको पाठ्यक्रम र अकंभार संशोधन गरिएको जानकारी दिइएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता तोयनारायण सुवेदीले राजपत्रांकित प्रथम श्रेणी अप्राविधिक, सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत ५० को सट्टा ३० अंक कायम गरिएको जानकारी दिए ।शाखा अधिकृत, नायव सुब्बा, खरिदार वा सो सरहका पदको लिखित परीक्षाको प्रथम चरणमा उम्मेदवारले प्राप्त गरेको कुल अंकको ५० प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गरिने सहसचिव सुवेदीको भनाइ छ ।

टिप्पणीहरू