जंगी अड्डा र पुलिस हेडक्वार्टरलाई मेयर साहको पत्र

जंगी अड्डा र पुलिस हेडक्वार्टरलाई मेयर साहको पत्र

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई १० दिनभित्र बहाल कर तिर्न निर्देशन दिएको छ । महानगरपालिकाले ती निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्र बुझाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र परिषद्ले आफ्नो क्षेत्रभित्रका भवन तथा जग्गा बहालमा लगाएर आम्दानी गरेको देखिएकाले पत्र लेखिएको महानगरले जनाएको छ ।

यसअघि पटक पटक कर बुझाउन ताकेता गरे पनि हालसम्म नबुझाएको उल्लेख गर्दै महानगरले तोकिएको समयभित्र बहाल आम्दानीको विवरणसहित सम्बन्धित वडा कार्यालयमा उपस्थित हुन तीन वटै सरकारी निकायलाई लिखित निर्देशन दिएको हो ।

तोकिएको अवधिमा बहाल कर र जरिवाना नतिरेमा महानगरपालिका राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरेर सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू