काभ्रेका कार्यकर्ता कुटिएपछि एकीकृत समाजवादी आगो

काभ्रेका कार्यकर्ता कुटिएपछि एकीकृत समाजवादी आगो

सत्तारुढ एकीकृत समाजवादीले काभ्रेका नेता कुमार लामा (च्यामा)माथि कुटपिटमा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै काभ्रे जिल्ला कमिटीले दोषीमाथि कारवाहीको माग गरेको हो ।

बागमती प्रदेश सरकारमार्फत सिँचाई कुलो निर्माण योजनाका लागि विनियोजित बजेट १३ लाख रुपैंयाको घट्टेखोला सिँचाई उपभोक्ता समिति गठन गर्न बसेको भेलामा सो घटना घटेको विज्ञप्तिमा उल्लेख छ । उपभोक्ता समितिको भेला बसिरहेका बेला हिजो साँझ करिब ७ बजेतिर स्थानीय कृष्ण थोकरले लामालाई सबैका सामु गोदेको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ बागमती प्रदेश सरकारमार्फत सिँचाई कुलो निर्माण गर्ने योजनाका लागि विनियोजित बजेट १३ लाख रुपैंयाको घट्टेखोला सिँचाई उपभोक्ता समिति गठन गर्न बसेको भेलामा जनताको विकास निर्माणमा समेत अवरोध पुर्याउने उदेश्यका साथ स्थानीयलाई आतंकित पार्दै हाम्रो पार्टी संगठनका जिम्मेवार सदस्यमाथि भएको दुर्व्यवहार र कुटपिट गरिनु अत्यन्तै खेदजनक र निन्दनीय विषय हो ।’

टिप्पणीहरू