आज कोरोना निको हुनेभन्दा संक्रमित दोब्बर

आज कोरोना निको हुनेभन्दा संक्रमित दोब्बर

पछिल्लो २४ घण्टामा देसभर २२७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । चार हजार ४०१ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १८ जनाको पीसीआर परीक्षणमा १३७ र २८ सय ८३ जनाको एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा १६८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४७३ पुगेको छ ।

आज कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १० पुगेको छ ।

टिप्पणीहरू