नेपालबिरोधी भारतीय पत्रकारमाथि अर्को मुद्दा

नेपालबिरोधी भारतीय पत्रकारमाथि अर्को मुद्दा

जाहेरीमा ‘गोस्वामी र उनको च्यानलले दर्शकहरूको ‘ब्रेन वास’ को काम गर्दै आइरहेको’ उल्लेख गर्दै यसबाट कालान्तरमा तिनीहरूमध्ये केही आफ्नै समुदायलाई घृणा गर्ने र केही धार्मिक अतिवादी हुँदै आतंकवादीमा परिणत हुनसक्नेतर्फ’ औंल्याईंएको छ ।

भारतीय रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम प्रस्तोता अर्नव गोस्वामीबिरुद्ध फेरि अर्को मुद्दा लाग्ने भएको छ । भारतको केबल टिभि ऐनबमोजिम गोस्वामीलाई साम्प्रदायिक घृणा,धार्मिक ध्रुवीकरण र राष्ट्रिय अखण्डता बिरोधी कार्यक्रम सञ्चालन गरेको आरोप लगाइएको छ ।

सामाजिक अभियन्ता निलेश नवलखाले टिभि ऐनको दफा २ अन्तर्गत पुनेको पुलिस आयुक्तसमक्ष गत महिना जाहेरी हालेपछि केही समयदेखि नेपाल र नेपाली जनताबिरुद्ध अफवाह फैलाउँदै आएका अर्नवले अब नयाँ आरोपको सामना गर्नुपर्ने भएको हो । उनलाई यसअघि पनि महाराष्ट्र प्रहरीले यस्तै आरोपमा चलाएको अर्को मुद्दा विचाराधीन छ ।

नवलखाको जाहेरीमा लेखिएको छ ‘गोस्वामीले प्रस्तुत गरेका हालैका केही बहस कार्यक्रममा प्रयुक्त भाषाले सामाजिक सद्भाव बिथोल्न र साम्प्रदायिक घृणा फैलाउन मलजल गरेकोले त्यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्यौं । तर,उनले साम्प्रदायिक तर्क र शव्दहरूलाई आफ्ना कार्यक्रमहरूमा निरन्तरता दिइरहे । साम्प्रदायिक र धार्मिक सहिष्णुताका अर्धसत्य सूचनामा आधारित कार्यक्रम निरन्तर प्रशारण गरेकाले कारबाहीको माग गरेका छौं ।’

सामाजिक अभियन्ता नवलखा भन्छन् ‘गोस्वामी र उनको च्यानलले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेपछि स्वतन्त्र सञ्चारमाध्यमको सामुन्ने गम्भीर खतरा उत्पन्न भएको छ । यसबाट उल्टै दर्शकहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको छ । सत्य,तथ्यसहितको पूर्णसूचना र समाचार पाउने दर्शकहरूको सबैभन्दा ठूलो अधिकार नै हो ।’

जाहेरीमा ‘गोस्वामी र उनको च्यानलले दर्शकहरूको ‘ब्रेन वास’ को काम गर्दै आइरहेको’ उल्लेख गर्दै यसबाट कालान्तरमा तिनीहरूमध्ये केही आफ्नै समुदायलाई घृणा गर्ने र केही धार्मिक अतिवादी हुँदै आतंकवादीमा परिणत हुनसक्नेतर्फ’ औंल्याईंएको छ ।

अहिले गोस्वामी र रिपब्लिक टेलिभिजनले प्रस्तुत गरिरहेको कार्यक्रम दर्शकलाई एउटा कट्टरपन्थी आतंकवादी सोच विकास गर्ने प्रक्रियाको निम्ति संगठित अपराधको सिण्डिकेटतर्फ अग्रसर गराएसरह हो भनिएको छ ।

नवलखाले दाबी गर्दै भनेका छन् ‘गोस्वामीले टिभि ऐन (सीटीएनआरए) अन्तर्गत कार्यक्रम संहिताको घोर उल्लंघन गरेका छन् । रिपब्लिक टेलिभिजन मुलुकको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय सुरक्षाका साथै सार्वजनिक व्यवस्था,शिष्टता र नैतिकताको बिरूद्ध देखिएकोले यसलाई गम्भीर अपराधको मुद्दासरह लिनुपर्ने छ ।’ पछिल्लो मुद्दामा गोस्वामीलाई बढीमा दुई वर्षको जेल सजायसमेत हुनसक्नेछ ।

टिप्पणीहरू