उद्योगले गरेका काम भोलि पत्रकारलाई सुनाइने

उद्योगले गरेका काम भोलि पत्रकारलाई सुनाइने

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच महिने प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । दैनिक उपभोग्य वस्तु र इन्धनको मूल्य बृध्दिका कारण सरकारको चर्को आलोचना भैरहेका बेला विभागीय मन्त्रालयले आफूले गरेका कामबारे जानकारी दिन लागेको हो ।

मन्त्रालयले पत्रकार सम्मेलन गरी विगत पाँच महिनामा सम्पादित मुख्य-मुख्य काम सार्वजनिक गर्ने भनेको छ ।

मन्त्रालयको सभा हलमा दिउँसो १ बजे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि मन्त्रालयले पत्रकारहरुलाई निम्तो पठाएको छ ।

टिप्पणीहरू