ट्वाइलेटमा पच्छारिएर कपडादेवीकी कमलाको प्राणान्त

ट्वाइलेटमा पच्छारिएर कपडादेवीकी कमलाको प्राणान्त

दाङ्गकी एक महिलाको शौचालयमा लडेर ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका-६ कपडादेवी निवासी ३८ वर्षीया कमला लामिछानेको ट्वाइलेटमा लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

छिमेकी दिदी नाता पर्ने सोही ठाउँ निवासी तेजकुमारी लामिछानेको घरमा आज बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देख्नासाथ उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

अस्पताल लगिएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा पतिसँग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू