अवैध काठसहित तस्करहरु समातिए

अवैध काठसहित तस्करहरु समातिए

झापामा अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । इलामको चुलाचुली गाउँपालिका–५ बस्ने १९ वर्षीय नवीन लिम्बु, ३० वर्षीय धनपति न्यौपाने, २० वर्षीय सुजन श्रेष्ठ, फाकफोकथुम गाउँपालिका–३ बस्ने २० वर्षीय रमेश लिम्बु र पाँचथरको तुममेवा गाउँपालिका–१ बस्ने २२ वर्षीय विवेक लिम्बुलाई काठसहित नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई गए राति दमक नगरपालिका–२ आम्दा रोडबाट साइकलमा अवैध रुपमा सिसौ जातको गोलिया ५ थान ९२६.८५ क्युबिक फिट र सखुवा जातको चिरान काठ १४ थान ९११.९५ क्युबिक फिट गरी जम्मा ३८.८० क्युबिक फिट काठ र काठ काट्न प्रयोग गरिएको साधन १ थानसहित फेला पारेको हो ।

पाँचै जनालाई नियन्त्रणमा लिएर सब डिभिजन वन कार्यालय, बेलडाँगी दमकमा बुझाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू