दुई ३० जना संक्रमित थपिए, दुई जना बिते

दुई ३० जना संक्रमित थपिए, दुई जना बिते

पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३८ सय ३६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्या पुष्टि भएको बताइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ५६ जनाको पीसीआर परीक्षणमा एक सय २८ र १८ सय ८० जनाको एन्टिजेन परीक्षणमा एक सय दुई जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ७८ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय पाँच पुगेको छ । आज कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ ।

योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार नौ पुगेको छ ।

टिप्पणीहरू