एअरपोर्टबाट अपराधी भगाउने समिम मियाँद्वारा अमेरिकामा रहेका आइजीपीलाई तारन्तार दवाव

एअरपोर्टबाट अपराधी भगाउने समिम मियाँद्वारा अमेरिकामा रहेका आइजीपीलाई तारन्तार दवाव

गत शुक्रवार बिहान दुबईबाट काठमाडौं ओर्लनै बित्तिक्कै विमानस्थलको भीआइपी कक्ष छिरेर बेपत्ता भएका रिजवान आलम अहिले जेल पुगेका छन् । उनलाई ओली सरकारद्वारा नियुक्त मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नै गाडीमा राखेर भगाएका हुन् ।

भागेको केही घण्टापछि आलम राति नक्साल नागपोखरीस्थित होटल मेरियटबाट पक्राउ परेका थिए । रिजवानलाई प्रहरीले खोज्न थालेपछि अन्सारीले फोन गरेर प्रहरीको उच्च नेतृत्वलाई दवाव दिएको स्रोतको दाबी छ । उनले अमेरिकामा रहेका महानिरीक्षक धिरजप्रताप सिंहलाई लगातार फोन गरेर आलमलाई नपक्रन दवाद दिएका थिए ।

उताबाट आइजीपीले यता मातहतका प्रहरी अधिकृतलाई कानूनअनुसार कार्वाही गर्न कडा निर्देशन दिएपछि अन्सारी चुमुर्किए । सोझै इन्टरपोलबाट खोजी भएका अपराधीलाई अन्सारीले भन्दैमा प्रहरीले छाड्न मिल्ने कुरै पनि थिएन । पदको आडमा जता पनि धमास लगाएर हिंड्ने अन्सारी जनकपुरको होटलमा केही महिनाअगाडि पिटाइ खानबाट बचे पनि यसचोटी भने उनको दवावले काम गरेन बरु उल्टै प्रहरीले उनलाई समेत भ्यानमा कोचेर लान कस्सिएको थियो ।

टिप्पणीहरू