कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्था आएको प्रधानमन्त्रीको गुनासो

कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्था आएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीहरुलाई विदेशबाट पैसा मागेर तलब दिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभएको छ । आज निजामती कर्मचारीहरुकै कार्यक्रममा पुगेर उहाँले तलब खुवाउन ऋण खोज्नुपर्ने स्थिति आएको बताउनुभएको हो ।

देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले देश किन विकसित हुन सकेन भन्नेबारे व्यापक छलफल जरुरी रहेको पनि बताउनुभयो ।

कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको प्रधानमन्त्री देउवाको भनाइ छ । उहाँले स्थानीय,प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको भन्दै गुनासो गर्नुभयो ।

कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने उहाँको दाबी छ । कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने प्रधानमन्त्री देउवाको ठहर छ ।

टिप्पणीहरू