दिनहुँ हजारौं चालक कारबाहीमा

दिनहुँ हजारौं चालक कारबाहीमा

हिजो पनि ट्राफिक नियम उल्लंघन गरेका चार हजार ११ जना सवारी चालक कारबाहीमा परेका छन् । उनीहरुलाई राजधानीका विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक छन् ।

यस्तै ट्राफिक नियम उल्लंघन गरेका तीन हजार २०८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ । पछिल्लो केही दिनदेखि राजधानीमा दिनहुँ हजारौं चालक कारबाहीमा पर्दै आएका छन् ।

टिप्पणीहरू