युएईमा ३० दिनमा २४ नेपालीले ज्यान गुमाए

युएईमा ३० दिनमा २४ नेपालीले ज्यान गुमाए

वैदेशिक रोजगारीको निम्ति आकर्षक गन्तव्य मानिएको युनाइडेट अरब इमिरेट्स (युएई) मा एक महिनामा २४ जना नेपाली श्रमिकको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार यो तथ्याङ्क गत साउन महिनाको मात्रै हो ।

ज्यान गुमाउनेहरू वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका नेपालीहरू हुन् । गत आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १ सय ७४ जनाले ज्यान गुमाएका थिए ।

मृत्यु हुनेहरूमध्ये एक सय ६७ जनाको शव नेपाल ल्याइएको थियो । सात जनाको अन्तिम संस्कार युएईमा नै गरिएको बताइएको छ ।

युएईमा गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएकाहरूको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरूप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेको छ ।

टिप्पणीहरू