भारतीय स्थल सेनाध्यक्ष मुक्तिनाथ पुग्नुभयो

भारतीय स्थल सेनाध्यक्ष मुक्तिनाथ पुग्नुभयो

हिजो बिहान माउण्टेन फ्लाइटबाट सगरमाथाको आधार शिविरमा ब्रेकफास्ट लिनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज बिहान मुक्तिनाथ पुग्नुभएको छ । उहाँ नेपाली सेनाको एनए ०५८ अगुस्ता हेलिकप्टरबाट बिहानै त्यता जानुभएको थियो ।

सेनाध्यक्ष पाण्डेको टोली ११ बाहिनीअन्तर्गत हवाई सुरक्षा मध्य एयरबेसबाट मुक्तिनाथ दर्शनको निम्ति उडेको हो । मुक्तिनाथ दर्शनपछि उहाँले सेनाको पोखरास्थित मध्यकमाण्ड निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम छ ।हिजो साँझ उहाँ पत्नीसहित पशुपतिनाथको दर्शन गर्न जानुभएको थियो ।

टिप्पणीहरू