आज बागमतीमा ठूलो वर्षा हुने, सर्तकता अपनाउन आग्रह

आज बागमतीमा ठूलो वर्षा हुने, सर्तकता अपनाउन आग्रह

आज बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना देखिएको छ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

भरे राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ । भारी वर्षा हुने क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

टिप्पणीहरू