रुसको सैन्य हतियार क्षमता रित्तिएको भन्दै युक्रेनको व्यङ्ग्य

रुसको सैन्य हतियार क्षमता रित्तिएको भन्दै युक्रेनको व्यङ्ग्य

युक्रेन युद्ध लम्बिएसँगै रुसले उत्तर कोरियाबाट सैन्य हतियार र उपकरण किन्न लागेको छ । अमेरिकाले रुसमाथि चौतर्फी प्रतिबन्ध लगाएका कारण रुसले पश्चिमा राष्ट्रको सट्टा उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न लागेको बताइएको छ ।

अमेरिकी अधिकारीहरुले युक्रेन युद्धको निम्ति रुसले उत्तर कोरियासँग लाखौं रकेट र गोलाबारुद खरिद प्रक्रिया अघि बढाएको दाबी गरेका छन् ।

उता युक्रेनको रक्षा मन्त्रालयले ट्वीटमार्फत रुसी सैन्य हतियार क्षमता रित्तिएको व्यङ्ग्य गरेको छ ।

टिप्पणीहरू