यी हुन् एमालेका हालसम्म सर्वसम्मत सिफारिस भएका उम्मेदवार

यी हुन् एमालेका हालसम्म सर्वसम्मत सिफारिस भएका उम्मेदवार

मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको नेकपा एमालेले यतिबेला धमाधम उम्मेदवार छनोट गरिरहेको छ ।

एमाले केन्द्रीय कमिटीले तय गरेको उम्मेदवार चयनको मापदण्डअनुसार उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया क्षेत्रीय कमिटीबाट शुरु हुनेछ । क्षेत्रले गरेको सिफारिसलाई जिल्लाले आफ्नो रायसहित प्रदेश कमिटीमा पठाई प्रदेशले पनि सुझावसहित केन्द्रमा पठाउने छ । कम्तिमा एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको एमालेका कतिपय तल्ला कमिटीबाट एक जनाको मात्र नाम सिफारिस भएको छ ।

उम्मेदवार सिफारिस जारी रहँदा अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश उपल्लो तहका नेताहरु आ-आफ्नो क्षेत्रबाट सर्वसम्मत भएका छन् ।

एमालेका हालसम्म सर्वसम्मत एकल नाम सिफारिस भएका उम्मेदवारहरु :

प्रदेश १:

१) केपी शर्मा ओली – झापा ५
२) रविन कोइराला – झापा १
३) वसन्तकुमार नेम्वाङ – पाँचथर
४) महेश बस्नेत – इलाम १
५) सुवास नेम्वाङ – इलाम २
६) ऋषिकेश पोखरेल – मोरङ २
७) भानुभक्त ढकाल – मोरङ ३
८) विनोद ढकाल – मोरङ ४
९) योगी मण्डल – मोरङ ५
१०) जयकुमार राई – सुनसरी १
११) जगदिश कुसियत – सुनसरी ४
१२) भगवती चौधरी – सुनसरी ३
१३) एलपी साँवा लिम्बु – झापा ४

मधेस प्रदेश:

१) जुलीकुमारी महतो – धनुषा ३
२) रघुवीर महासेठ – धनुषा ४
३) अजय गुप्ता – रौतहट १
४) प्रभु साह – रौतहट ३
५) बलवीर चौधरी – बारा २
६) देवनारायण चौधरी – बारा ४
७) लीलानाथ श्रेष्ठ – सिराहा
८) राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश:

१) गोकुल बाँस्कोटा – काभ्रे २
२) नवराज सिलवाल – ललितपुर १
३) प्रेम महर्जन – ललितपुर २
४) मणिराम फुयाल – काठमाडौं २
५) कृष्ण राई – काठमाडौं ३
६) डा.राजन भट्टराई – काठमाडौं ४
७) ईश्वर पोखरेल – काठमाडौं ५
८) राजेश शाक्य – काठमाडौं ८
९) रामप्रसाद न्यौपाने – चितवन ३
१०) महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश:

१) एकबहादुर राना – तनहुँ १
२) तिलक महत – नवलपुर २
३) हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश:

१) छविलाल विश्वकर्मा – रुपन्देही १
२) विष्णु पौडेल – रुपन्देही २
३) खिमलाल भट्टराई – रुपन्देही ५
४) ठाकुर गैरे – पाल्पा २
५) प्रदीप ज्ञवाली – गुल्मी १
६) शंकर पोखरेल – दाङ २
७) टोपबहादुर रायमाझी – अर्घाखाँची
८) सूर्य थापा – प्यूठान
९) गोकर्ण बिस्ट – गुल्मी २

कर्णाली प्रदेश:

१) नागिन्द्र शाही – कालीकोट
२) दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश:

१) लेखराज भट्ट – कैलाली ४
२) नारदमुनि राना – कैलाली ५
३) डा.भीम रावल – अछाम १
४) यज्ञ बोगटी – अछाम २
५) दामोदर भण्डारी – बैतडी
६) गणेशसिंह ठगुन्ना – दार्चुला
७) पठानसिंह बोहोरा – डडेलधुरा

टिप्पणीहरू