चार ठाउँमा चार थरि बैठक र छलफल

चार ठाउँमा चार थरि बैठक र छलफल

हिजो पनि खुमलटार, बालुवाटार र सिंहदरबारमा भेटवार्ताको क्रम जारी रह्यो । हिजो जनकपुर जानुअघि नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सबैरे राजनीतिक भेटवार्ता भएको थियो ।

दाहाल निवास खुमलटारमा अध्यक्ष दाहाल र पूर्वमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवबीच बिहान ७ बजेदेखि झण्डै आधा घण्टा छलफल भएको थियो ।

उता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा.नारायण खड्का र नेपालका लागि फ्रान्सका राजदूत जील बुर्बाओलेबीच दिउँसो सवा २ बजेदेखि करिब आधा घण्टा भेटवार्ता भएको मन्त्री खड्काको निजी सचिवालयले पुष्टि गरेको छ ।

त्यसैगरि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच साँझ पौने ८ बजदेखि राति सवा १० बजेसम्म कुराकानी भएको हो । त्यसअघि बालुवाटारमा बिहान पौने ११ बजे नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले प्रधानमन्त्री देउवासँग करिब ४५ मीनेट भेटवार्ता गर्नुभएको थियो ।

आगामी आइतबार चिनियाँ संसद जनकाँग्रेस स्थायी समितिका अध्यक्षले नेपालको भ्रमण गर्न लाग्नुभएको छ । राजदूतले सोही भ्रमणको सन्दर्भमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू