आज निको हुनेभन्दा संक्रमित दोब्बर

आज निको हुनेभन्दा संक्रमित दोब्बर

पछिल्लो २४ घण्टामा देशभर ३०० कोरोनाका संक्रमित थपिएका छन् । चार हजार ५९० जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ८१ जनाको पिसीआर परीक्षणमा १७७ र २६ सय नौ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना संक्रमित भेटिएका हुन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ पुगेको छ ।

यो अवधिमा १२४ जना कोरोना संक्रमित निको भएका छन् भने कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

टिप्पणीहरू